ज्ञानोदय आधारभूत विद्यालय बरेङ गाउँपालिका–३ बाटाकाचौर बागलुङमा स्टेसनरी वितरण, छात्रवृत्ति वितरण, शिक्षक तथा विद्यार्थीका लागि सम्मान तथा पुरस्कार वितरण गरिएको छ।
कार्यक्रममा नेपाल सरकारबाट प्रदान गरिने कक्षा १– ५ मा अध्ययनरत दलित तथा महिला छात्रवृत्ति १७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण ,मानव एकता समाज सुधार केन्द्र तारकेश्वर काठमाडौँको सहयोग तथा सहजीकरण गरिएको र धादिङ निवासी मन्नू गिरीको सहयोगमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विपन्न तथा जेहनदार २० जना विद्यार्थीहरूको लागि स्टेसनरी (कापी, कलम ,पेन्सिल, इरेजर, स्केल लगायतका सामाग्री वितरण। गरिएको विद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्किले जानकारी दिनुभयो
यस्तै कक्षा आठको विज्ञान विषयको बरेङ गाउँपालिका स्तरीय सिकाई उपलब्धि मापन परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराई विद्यालयको गरिमा राख्न सफल शिक्षक अमृत न्यौपाने लाई सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान। गरिएको थियो ।
कक्षा आठको विज्ञान विषयको सिकाई उपलब्धि मापन परीक्षामा बरेङ गाउँपालिका मा उत्कृष्ट दश जना विद्यार्थी भित्र पर्न सफल भई विद्यालयको गरिमा उच्च राख्न सफल विद्यार्थी शिवानी कुँवर र झरना थापा लाई प्रशंसा पत्र ,नगद र जिन्सी सहित सम्मान ,बरेङ गाउँपालिका आधारभूत तह उत्तीर्ण परीक्षा २०८१ मा गाउँपालिकामा उत्कृष्ट विद्यार्थी शिवानी कुँवर लाई प्रशंसापत्र नगद र जिन्सी सहित सम्मान स्वर्गीय दुर्गा दत्त काशीका न्यौपाने स्मृति छात्रवृत्ति अक्षय कोष, स्वर्गीय पूर्णबहादुर खनाल स्मृति छात्रवृत्ति अक्षय कोष, स्वर्गीय भीमबहादुर बगाले मगर स्मृति छात्रवृत्ति अक्षय कोष, स्वर्गीय झुमकला भट्टराई क्षेत्री। स्मृति छात्रवृत्ति अक्षय कोष, क्षेत्री समाज बागलुङ छात्रवृत्ति अक्षय कोषबाट विद्यालयको बाल कक्षादेखि कक्षा ८ सम्म अध्ययनरत ४४ जना विद्यार्थीहरुलाई नगद छात्रवृत्ति वितरण गरिएको छ।




उक्त कार्यक्रम वडा अध्यक्ष शेरबहादुर खनाल क्षेत्रीको प्रमुख आतिथ्यता, वडा सदस्य एवं शिक्षक अभिभावक संघ अध्यक्ष टेकबहादुर थापा, वडा सदस्य दिलमाया क्षेत्री बि.क., वडा सदस्य चन्द्रबहादुर सार्कीको विशेष आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमबहादुर थापाको अध्यक्षता, प्रधानाध्यापक मदनबहादुर कार्की को स्वागत तथा शिक्षक चन्द्रमणि सुवेदीको सञ्चालन र विद्यालय व्यवस्थापन समिति, शिक्षा अभिभावक सङ्घ, अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।